समान अवसरको ब्यवस्थापनमा कांग्रेसले ध्यान दिनुपर्छ : प्रकाशमान सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

समान अवसरको ब्यवस्थापनमा कांग्रेसले ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिनुपर्ने बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ भन्दै नेता सिंहले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्नुपर्ने उनले जोड दिए ।

नेता सिंहको आर्थिक क्रान्तिको बेला भएकाले पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने भनाई छ ।

राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);