काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको छ। छापावाल सुन बिहीबार प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य एक हजारले बढेको हो । मंसिर विवाहकाे माैसम भएकाले पनि सुनकाे मूल्य बढेकाे हाे।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदीको प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।