दोलखामा शान्तिपूर्ण रूपमा मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

दोलखामा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौ। दोलखामा शान्तिपूर्ण मतदान चलिरहेको छ। ४ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवाद उत्पन्न भएपछि रोकिएकोमा बिहीबार पुनः मतदान भएको हो । बिहान ७ बजेखि नै सुरु भएको मतदान अहिले शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ। विभिन्न १० वटा मतदान केन्द्रमा जारी निर्वाचनमा हाल झण्डै ३४ प्रतिशत मत खसेको पनि आयोगले उल्लेख गरेको छ। जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नम्बर ३ कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका-३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान चलिरहेको छ।

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ९४ वटा मतदानस्थल र १९५ मतदान केन्द्र  थिए । कुल एक लाख ६१ हजार ४५० मतदाता रहेको उक्त क्षेत्रमा १४ राजनीतिक दल र सात जना स्वतन्त्र नागरिक गरी कूल  २१ जना उम्मेदवार  छन् ।

Leave a Reply

ताजा समाचार