नेपाललाई २६४ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

नेपाललाई २६४ रनको लक्ष्य

काठमाडौं। संयुक्त अरब इमिरेट्स युएईले पहिलो एक दिवसीय खेलमा नेपालासामु जितका लागि २ सय ६४  रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाएको हो । युएईका रोहन मुस्ताफाले ७३ बलमा ७ चौकाकाे मद्दतमा ५३ रन बनाए । यस्तै, ओपनर अरविन्दले ४० रन बनाए । मुहामेद वासिमले ४१ कलमा ६ चौका र एक छक्काकाे मद्दतमा ४४ रन जोडे । नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);