महोत्तरी, २५ मंसिर । महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा राजपा नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर ठूलो मतान्तरले विजयी भएका छन् । आइतबार राति घोषित अन्तिम मतपरिणामअनुसार ठाकुरले २६ हजार ८४५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय चौधरीले ८ हजार ६७६ मत ल्याए । ठाकुर चौधरीभन्दा १८ हजार बढी मतान्तरले विजयी भएका हुन् । उनलाई नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको समर्थन रहेको थियो ।




