महोत्तरी : दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महोत्तरी : दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी

महोत्तरी। महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ। जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी भएका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराए । क्षेत्र नम्बर २ र ३ मा भने लोसपा विजयी भएको छ। क्षेत्र नम्बर ३ मा सरदसिंह भण्डारी र ३ मा महन्थ ठाकुर विजयी भएका हुन् । भण्डारीले निकटतम प्रतिस्पर्धी विजयकुमार सिंहलाई पराजित गरेका हुन् । ठाकुरले जसपाका हरिनारायण यादवलाई १२ सय ५० मतान्तरले पराजित गरेका छन् । क्षेत्र नम्बर ४ को मतगणना भने जारी छ । यहाँ गठबन्धनबाट महेन्द्रकुमार राय र जसपाका सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);