नवलपुर १ बाट नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार
नवलपुर, २५ मंसिर । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर हृयाट्रिक गरेका छन्।
महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन्। अहिले माओवादीमा समाहित पराजुली पूर्व गौरवशाली पार्टीका अध्यक्ष हुन्।
चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउँदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन्।