मकवानपुरमा भ्यान दुर्घटना, चालक सहित २ म्यादी प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

मकवानपुर, २२ मंसिर। मकवानपुरमा चुनाबमा खटिएका सुरक्षाकर्मी बोकेको भ्यान दुर्घटना हुँदा चालक सहित दुईजना म्यादी प्रहरीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

मकवानपुरको थाहा नगरपालिकाबाट चुनाव सकेर हेटौँडा आउँदै गरेको ना ३ ख ५९१८ नम्बरको भ्यान शुक्रबार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भिमफेदीका सविना बर्तौलाको परिचय खुलेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ।

ताजा समाचार