१५ दिन भित्र निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिईसक्नु पर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

१५ दिन भित्र निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिईसक्नु पर्ने

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ।

आगमी ४ मंशिरमा हुन गईरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नुपर्ने आयोगद्धारा आज जारी सूचनामा उल्लेख छ। आयोगका अनुसार निर्वाचन सम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था अथवा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति दिईने छैन।

Leave a Reply