प्रतिनिधि तथा प्रदेशसभा चुनावः अन्तर्राष्ट्रिय पर्यवेक्षण हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ३ कार्तिक । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा विदेशी पर्यवेक्षक सहभागी हुने भएका छन्। यसअघिका दुईवटै संविधानसभा चुनावको पर्यवेक्षण गरेका कार्टर सेन्टर, युरोपियन युनियन (ईयू) लगायतले आगामी निर्वाचनमा पर्यवेक्षण गर्न पाउने भएका हुन् । निर्वाचन आयोगले अन्तिम सूची निकाल्न समय बाँकी रहेको जनाएको छ । आयोगले ४ सयभन्दा बढी अन्तर्राष्ट्रिय व्यक्ति तथा संस्थाले पर्यवेक्षण गर्न सक्ने अनुमान गरेको छ ।

अन्य मुलुकले पनि राष्ट्रिय, संसदीय तथा आम निर्वाचनमा अन्तर्राष्ट्रिय संस्था र समुदायलाई पर्यवेक्षण गर्न दिने गर्छन्। नेपालले समेत अन्तर्राष्ट्रिय पर्यवेक्षणलाई स्वागत गर्ने गरेको छ । यसअघिको दुई पटक सम्पन्न संविधानसभाको निर्वाचनमा ३ सय बढी अन्तर्राष्ट्रिय तहकाले पर्यवेक्षण गरेका थिए।

स्थानीय निर्वाचनमा विदेशी पर्यवेक्षण गर्न नदिएको निर्वाचन आयोगले संघ र प्रदेशमा भने उनीहरूलाई सहभागी गराउने भएको हो। स्थानीय निर्वाचनमा समेत विदेशी पर्यवेक्षण गर्न पाउनुपर्ने भन्ने कूटनीतिक लबिइङ गरेको विदेशी नियोगहरूलाई पनि यसपटक स्वच्छ ढंगले पर्यवेक्षण गर्न दिन लागिएको हो। स्थानीय निर्वाचनमा पनि नेपालस्थित कूटनीति नियोगका इच्छुक अधिकारीलाई निर्वाचन अवलोकनमा भने सरकारको समन्वयमा विभिन्न निर्वाचन बुथहरूमा लगेको थियो।

अन्तर्राष्ट्रिय संस्था तथा समुदायको पर्यवेक्षणबाट निर्वाचन आयोग र अन्तर्राष्ट्रिय समुदायबीच सम्बन्ध विस्तारका साथै आयोगको विश्वसनीयता र निर्वाचनको अन्तर्राष्ट्रिय प्रत्यक्षदर्शीका रूपमा साक्षी राख्नकै लागि पनि पर्यवेक्षणको परम्परा अघि बढेको हो।

संघ र प्रदेशको निर्वाचनलाई आयोगले परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित कूटनीतिक नियोग, ती नियोग रहेको मुलुकका सरकारी अधिकारी वा निकायले पर्यवेक्षण गर्न चाहेमा पाउने जानकारी पठाएको छ। अन्य अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्वाचन पर्यवेक्षण गर्न चाहेको खण्डमा पाउने भन्दै त्यसका लागि आयोगले सर्तसहित सूचना निकालेको दुई साता भइसकेको छ। निर्वाचनको अनुगमन नगरेको समुदाय वा व्यक्तिलाई भने आयोगले निर्वाचन पर्यवेक्षणको अवसर दिने छैन। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले अनुभव भएका मित्र मुलुकहरूका प्रतिनिधिलाई अनुगमनका लागि व्यवस्था गरिने जानकारी गराएको छ।

अनुगमन गर्न चाहँदैमा अनुगमन गर्न नपाइनेसमेत निर्वाचन आयोगको निर्णय रहेको ती अधिकारीले भने, ‘निर्वाचन पर्यवेक्षणका पनि छुट्टै आचारसंहिता हुन्छ। यसलाई सबैले पालन गर्न आवश्यक छ।’ आयोगले पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्थाका साथै ख्याति प्राप्त अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणका लागि औपचारिक पत्राचार नै गर्नेछ।

‘निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आयोगले अन्तर्राष्ट्रिय संस्था तथा समुदायलाई पर्यवेक्षणमा सहभागी हुन दुई साताअघि नै आहान गरेको हो,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहितामा अडेर नै त्यस्तो पर्यवेक्षण गर्दै निर्वाचनको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई कायम राख्नेछ।’

नेपालमा आउने विदेशी पर्यवेक्षकको समन्वयको काम परराष्ट्र मन्त्रालयमार्फत हुने बताउँदै उनले भने, ‘निर्वाचन स्थलमा हाम्रो भूमिका रहने भए पनि अन्तर्राष्ट्रिय पर्यवेक्षणको व्यवस्थापनबारे समन्वय भने परराष्ट्र मन्त्रालयबाट हुनेछ ।’ आयोगले दक्षिण एसियाली मुलुकका निर्वाचन आयोग तथा निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुखलाई आमन्त्रण गरिसकेको छ।

पर्यवेक्षण गर्न इच्छुक सघसंस्था वा व्यक्ति आफ्नो मुलुकको आधिकारिक निकायमा दर्ता भएको र विगतमा निर्वाचनको पर्यवेक्षण गरेको अनुभव हुनुपर्ने सर्त आयोगले राखेको छ । यहाँस्थित कूटनीतिक समुदायलाई पनि परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);