उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

धनुषा, १७ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार गरिएको छ।धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव चढेको गाडीलाई लक्ष्य गरी १० मिटर पर सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका– १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।