काठमाडौं। भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २-१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्यो। वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन जोडे । भारतका भुवनेश्वर कुमारले २ विकेट लिए । पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल बेस्ट इन्डिज ५ विकेटले जित्यो ।
तेस्रो टी-२० मा भारत विजयी
ताजा समाचार
एनआरएनएमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी
२० मिनेट अघि
एलपी ग्यास आयात नियमित, बजारमा किन भयाे अभाव ?
४१ मिनेट अघि
लाेकतन्त्र, प्रमाणित डेटा र संस्थागत पारदर्शिता
१७ घन्टा अघि




