१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयक यथास्थितीमा राखेर राजनीतिक समझदारी बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
राप्रपाको एकता महाधिवेशन पहिलोे केन्द्रीय कार्यसमितिको बैठकले मधेस केन्द्रित दलहरुले समेत नमानेकाले विधेयक यथास्थितीमा राखि छलफललाई तीव्रता दिनुपर्नेमा जोड दिएको हो ।
यस्तै बैठकले स्थानिय तह निर्वाचनको तयारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै निर्वाचनमा होमिन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिने निर्णय समेत गरेको नेता राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
यस्तै बैठकले नयाँ संरचनामा जान र उम्मेदवार छनोटका लागि दुई वटा कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।