नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता  | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता 

काठमाडौं। मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए। तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन्।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद  निरा जैरूबाहेकका ६ जना सांसदले ससंदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर फिर्ता गरेको एकीकृत समाजवादी पार्टी सचिवालय स्रोतले जनाएको छ। सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले भने हस्ताक्षर फिर्ता गरेका छन्। पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने विषयमा वहालवाला मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए।

Leave a Reply