राजरंगशाला सम्बन्धित निकायको वेवास्ताको कारण अस्तव्यस्त वन्दै | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

राजरंगशाला सम्बन्धित निकायको वेवास्ताको कारण अस्तव्यस्त वन्दै

नविन नरसिंह नेपाली
१० सप्तरी ,फागुन। सगरमाथा अंचलकै केन्द्र रहेको सदरमुकाम राजविराज स्थित राजरंगशाला अहिले सम्बन्धित निकायको उपेक्षाको शिकार भई गौ चरण र शौचालयको रुपमा परिणत हुदै गएकोे छ । राजरंगशालाको अवस्था हेरेर स्थाानीयहरुले चिन्ता र आक्रोश एकैसाथ पोखि रहेका छन । २०३६ सालमा

राजरंगशाला सम्बन्धित निकायको वेवास्ताको कारण अस्तव्यस्त वन्दै

नविन नरसिंह नेपाली
१० सप्तरी ,फागुन। सगरमाथा अंचलकै केन्द्र रहेको सदरमुकाम राजविराज स्थित राजरंगशाला अहिले सम्बन्धित निकायको उपेक्षाको शिकार भई गौ चरण र शौचालयको रुपमा परिणत हुदै गएकोे छ ।

राजरंगशालाको अवस्था हेरेर स्थाानीयहरुले चिन्ता र आक्रोश एकैसाथ पोखि रहेका छन । २०३६ सालमा तत्कालिन अंचलाधिश लक्ष्य बहादुर गुरुड र स्थानीयबासिन्दाको सहयोगमा निर्माण गरिएको सो रंगशाला सम्बन्धित निकायको वेवास्ताका कारण दुर्ग्नर््िधत, जिर्ण र गौचरणमा परिणत भएको हो ।

२ विघा ७ कठ १३ धुर क्षेत्रफलमा फैलिएको रंगशालाको पर्खाल ठाउँ—ठाउँमा भत्केर जीर्ण भएपछि बटुवाहरुलाई दिशा—पिसाब गर्न सजिलो भएको छ भने गाई, गोरु, बाख्रा, र सुँगुरहरुलाई पनि आहारका लागि चरण गर्न सहज भएको छ । पर्खाल भत्किएकै कारण बटुवा मात्र हैन नजिकै रहेको बसपार्कबाट यात्रु र स्थानीयबासिन्दाले समेत मैदानलाई शौचालयको रुपमा प्रयोग गर्न थालेका छन ।

समय—समयमा विभन्नि राजनैतिक दलको सभा र कार्यक्रमका कारण मैदान भरी दर्जनौ खाल्टा खुल्टी बनाइएका छन । एक त फोहोर र दुर्ग्न्धित मैदान अर्को्तिर ठूल—ठूला खाल्टा खुल्टीले खेलाडीहरु जोखिमपुर्ण अवस्थामा अभ्यास गरिरहनु परिरहेको स्थानीय खेलाडी सुमित क्षेत्री बताउनु हुन्छ । ७ हजार दर्शक अटाउने क्षमता रहेको रंगशालाको प्याराफिट पूणर््ारुपमा जिर्ण भईसकेको छ ।  जसका कारण प्याराफिटबाट कुनै पनि बेला ठूलो दुर्घटना हुने सम्भावना रहेको छ।

सम्बन्धित निकायको मौनताकै कारण जीर्ण अवस्थामा पुगेको प्याराफिटमुनीको १५—२० वटा कोठाहरु स्थानीय विपन्न समुदायका व्यक्तिहरु प्रयोग गरिरहेका छन् । उनीहरु माथि खतरा घण्टी बजिरहेको छ, तर पनि सम्बन्धित निकायले सचेत गराएको छैन  रंगशालाको दयनीय अवस्था प्रति कुनै पनि निकायले ध्यान दिन नसक्दा सप्तरीको खेलकुदको भविष्य अन्धकारमय हुदै गएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);