हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं। नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ। सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो।यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालको तीन खेलमा ६ अंक छ। हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ।

प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ। समूह ‘ए’ मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ।

Leave a Reply

ताजा समाचार