हेटौंडा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हेटौंडा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१५, शिखरपानीमा मोटरसाइकलको ठक्करबाट ६० वर्षीया मनमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाख्रिनको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);