चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

चितवन । चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्यारीढापबाट भण्डारा तर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);