विदेशी कठपुतली नेतालाई चुनावमा जीताउदाको परिणाम भोग्दै छन् युक्रेनी जनता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

विदेशी कठपुतली नेतालाई चुनावमा जीताउदाको परिणाम भोग्दै छन् युक्रेनी जनता

विदेसीको इसारामा चल्ने नेतालाई निर्वाचित गराए भविष्यमा युक्रेन जस्तै अबस्था नेपालमा पनि निम्तीने चिन्ता, भुराजनीतिक संवेदनसिलता बारे समय मै सचेत हुनु पर्नेमा जोड


लोकतान्त्रिक पद्धतिमा निर्वाचनको धेरै ठूलो महत्व छ। कस्तो नेतालाई मुलुकको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिने सुम्पिने भन्ने कुरा पनि निर्वाचन मार्फत जनताले नै निर्धारण गर्छन। तर विदेसी शक्तिकेन्द्रको इसारामा चल्ने नेताहरुलाई भोट दियो भने अहिले युक्रेनी जनताले भोगिरहेको अबस्था भोली नेपालमा पनि आउन सक्छ भन्ने बारे बहस शुरु भएको छ। खास गरि मुलुक नै निर्वाचनमय बनिरहेको वेला जनताले कस्ता उम्ेद्धवारलाई भोट दिने भन्ने बारे गम्भिर हुन जरुरी छ।

आवधिक निर्वाचन प्रणलीलाई लोकतन्त्रको आधार मानिन्छ। तर कहिले काहि लोकतान्त्रिक निर्वाचनकै आधारमा निर्वाचित नेताहरुका कारण खराब परिणाम पनि आउन सक्छ भन्ने बुझ्नका लागि हाल युक्रेनी जनताको अबस्था हेरे पुग्छ। अहिले शक्ति शालि राष्ट्रहरुले आफु भन्दा कमजोर राष्ट्रहरुमाथि आफ्नो प्रभुत्व जमाउन हातहतियार कमै प्रयोग गर्छन। बरु सम्बन्धित देसका नेता तथा नेतृत्वलाई विभिन्न प्रलोभनमा पारेर त्यो देसमाथि आफ्नो प्रभुत्व जमाउछन। कमजोर राष्ट्रका अमुख नेता मार्फत आफ्नो उदेश्य पुरा गर्न प्रयास गर्ने शक्तिशाली राष्ट्रहरुले त्यसरी आफ्नो उदेश्य पुरा भएन भने, सम्बन्धित देसमा आन्तिरिक द्धन्द्ध गराउने अनि द्धन्द्ध मिलाइदिने वाहानामा उक्त देसमा आफ्नो उपस्थित बढाएर चलखेल गर्छन। २१ औ शताब्दिको साम्रराज्यबाद पनि यहि हो।

आज युक्रेन यस्तै अबस्थामा पुगेको छ। निर्वाचनबाट निर्वाचित सबै नेतृत्वले सम्बन्धित देसकै सर्वाधिक हित सोच्छन् भन्ने छैन। कुनै वेला सिक्किमका जनताले लेण्डुपलाई निर्वाचनबाट सत्तामा पु¥याएका थिए। त्यसको परिणाम स्वरुप सिक्मिी जनताले आफ्नो मातृभुमी गुमाउनु प¥यो। विश्वभर त्यस्ता लेण्डुपहरु कयौ देसमा छन। अहिले यक्रेनमा लेण्डुप कै परिणत भोग्नु परेको त छैन तर सिंगो युक्रेन रक्तपातमा डुबेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि त्याँहाका जनताबाट निर्वाचत भएरै नेतृत्वमा पुगेका हुन। तर जेलेन्सकी पश्चिमाहरुको प्रभावमा परे। युक्रेनी जनतामाथि बर्सिएको बमबारुद्ध कुनै पनि वाहानामा जायज हो भन्न सकिदैन। तर युक्रेनको दुर्भाग्य के छ भने, उसको नेतृत्व अमेरिकी साम्राज्यवादी सैन्य गठबन्धन नेटो को साहारामा रुसलाई तर्साउन थाल्यो।

रुस, बेलारुस र युक्रेनले सन् १९९१ मा सोभियत संघ विघटन गर्ने मिन्स्क सम्झौतामा हस्ताक्षर गर्ने वेला अमेरिका, नेटो तथा ‘युरोपेली सुरक्षा र समन्वय’ (ओएससिई) ले पूर्वसोभियत संघमा सामेल देशहरूको जनताको मानवअधिकार, विविध राष्ट्रियता, संस्थाहरू र राजनीतिक दलहरूको सम्मान गर्ने तथा पूर्व सोभियत शिविरका देशहरूको सैन्य गठबन्धन का सदस्य देशहरूबाट नेटोमा भर्ना नगर्ने र रुसको सीमासम्म सैन्य विस्तार नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। युक्रेन उक्त प्रतिबद्धता बाट पछि हटेर नेटोमा आबद्ध हुन थालेपछि रुसी राष्ट्रपति पुटिन युक्रेनमाथि आक्रमक बने। रुसी राष्ट्रपती पुटिनको युक्रेनी जनतामाथि सदभाव नभएको होइन तर पश्चिमाहरुको साम्राज्यवाद विस्तारले पुटिन आफ्नो देसको रक्षा गर्न उक्त कदम चाल्न बाध्य भए। त्यसमा पनि युक्रेन रुससँग युद्ध गर्न तयार हुनुको प्रमुख कारण अमेरिकी साम्राज्यवाद नै हो भन्ने रुसको बुझाइ रह्यो। हुन पनि रुससँग युद्ध गर्ने सामार्थ नभएको युक्रेन पश्चिमाहरुको उक्साहटमा रुससँग युद्ध गर्न हौसियो।

उसो त युक्रेन आफैमा सार्वभौम मुलुक हो। सोभियत संघको विघटनपछि स्वतन्त्र देशका रूपमा उदाएको युक्रेन आर्थिक रुपमा सम्पन्न छ। रुसको लागि आयात निर्यात गर्ने अपरिहार्य भुमी पनि युक्रेन हो। हातहतियारको हिसावले रुस जस्तो बलियो नभए पनि तुलनात्मक रुपमा युक्रेन धेरै कमजोर राष्ट्र पनि होइन। तर युक्रेनी नेतृत्वले जतिसुकै राष्ट्रय अस्तित्व र सार्वभौमसत्ता जोगाउन लडेको भनेपनि युक्रेनीहरुले भोगिरहेको परिणाम अकल्पनीय र भयावह छ। आज युक्रेनी जनता दयाको पात्रको रुपमा निरिह रुपमा आश्रित जिवन विताउन विवस छन्।

नेपाल पनि दुई शक्तिशाली देशहरुकोबीचमा छ। उत्तरी छिमेकी राष्ट्र चीन बिस्तारै विश्वशक्तिका रूपमा उदय हुँदै गएको छ। उसले आफ्नो शक्ति विश्वमा विस्तार गर्न खोजिरहेको छ। दक्षिणी छिमेकी राष्ट्र भारत पनि उदयमान राष्ट्रको रुपमा अघि बढेको छ। आफुलाई विश्वको महाशक्ति राष्ट्र ठान्ने अमेरिकाको ध्यान यी दुबै राष्ट्रमाथि छ। पछिल्लो समय अमेरिकी अन्तर्राष्ट्रिय नीति अन्र्तगत चीनको विस्तारलाई कसरी रोक्ने भन्ने विषयले प्राथमिकता पाएको छ। जसका लागि अमेरिकाले इन्डो प्यासिफिक रणनीति अगाडि सारेर अमेरिकाको पश्चिमी तटदेखि भारतको पश्चिमी तटसम्मको क्षेत्रलाई मुख्य प्रभाव क्षेत्र मानेर चीनलाई रोक्ने रणनीति अपनाएको सबैलाई थाहा छ। यता भारतसँग हामी सामाजीक र सास्कृतिक रुपले त नजिक छदै छौ, साथै भारत सँग हाम्रो डरलाग्दो आर्थिक परनिर्भरता पनि छ। रुस युक्रेन युद्धकै कारण अहिले विश्व जसरी शीतयुद्धको रुपमा दुई धु्रवमा विभाजित भएर मुठभेडतर्फ जाने खतरा देखिएकोछ त्यसबाट नेपाल जस्ता देश जोगिनु अति आवश्यक छ।

अहिले सबै जस्तो नेताहरुकुनै न कुनै रुपमा विदेसी नेताहरु तथा विदेसी शक्ति केन्द्रसँग मुछिएका छन। पटक पटक विदेसीसँगको सम्झौतामा देस ठगिएको देखेका नेपालीहरुको आँखामा अपवाद बाहेक देसभित्र रहेको नेतृत्व भरोषा योग्य पात्र छैनन भन्ने तीतो यथार्थ जनताले राम्रँेसँग बुझेका छन। हाम्रो नेतृत्व क्षमता र नियत कुरा गर्ने हो भने, विगतमा नेपालमाथि नाकाबन्दि लगाउदा नाका अबरोध गर्न जानेहरु हामीले नै निर्वाचनमा भोट दिएर पठाएका नेता थिए। दार्चुलामा भारतीय एसएसबीले तुइन काट्दा नेपाली नागरिकको ज्यान गयो तर नेतृत्वले आफ्नो नागरिकलाई न्याय दिन सकेन। एमसीसी जस्ता सम्झौता बारे नेतृत्वले जनताको आशंक हटाउन सकेन। सिमा क्षेत्र अतिक्रमण हुदा हामीले भोट दिएकाहरु किन बोल्दैनन? त्यसैले आगामी निर्वाचनमा भोट दिदा नेताको अनुहार भन्दा नियत हेन जरुरी छ। विदेसीको इसारामा नाच्ने नेताले देस र जनताको भलो गर्न सक्दैन, चाहे जतिसुकै भोट जितोस्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);