उम्मेदवारहरुमाथि भईरहेको आक्रमणमा सरकार आफैंको संलग्नता-
काठमाडौ, १ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सत्ताको दुरुपयोग गरेर काँग्रेसले निर्वाचनलाई प्रभावित पार्न लागि परेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सरकार र सत्तारुढ काँग्रेसले सबैभन्दा बढि निर्वाचन आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोग चुप लागेर बसेको भन्दै आपत्ति प्रकट गरे ।
वरिष्ठ नेता खनालले निर्वाचन आचारसंहिता उल्लंघनका घटना हुन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराए । उनले निष्पक्ष निर्वाचन सम्पन्न गराउने दायित्व पूरा नगरे सरकारले गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
वरिष्ठ नेता खनालले उम्मेदवारहरुमाथि भईरहेको आक्रमणमा सरकार आफैंको संलग्नता रहेको आशंका पनि व्यक्त गरे।




