गण्डकीमा कोरोना संक्रमण तीव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

गण्डकीमा कोरोना संक्रमण तीव्र

पोखरा गण्डकी प्रदेशमा पछिल्लो एक महिनामा कोरोना संक्रमण दर तिस गुणाले बढेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार गत पुस ९ गते प्रदेशमा सात जनामा संक्रमणको पुष्टि भएकोमा माघ २ गते २१३ जनामा संक्रमणको पुष्टि भएको छ।

नौ जिल्ला रहेको गण्डकी प्रदेशमा पुस ९ गने कास्कीका मात्र ६ जना महिला र एक जना पुरुषमा संक्रमणको पुष्टि भएको थियो। जब कि माघ २ मा कास्कीका १५८, स्याङ्जाका २०, लमजुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२÷१२, तनहुँका चार, बाग्लुङका तीन, गोरखाका दुई तथा म्याग्दी र पर्वतका एक÷एक जनामा संक्रमणको पुष्टि भएको छ।

पुस ९ गतेदेखि क्रमिक उकालो लागेको संक्रमण दर हरेक दिन २३, १३, १४, १६, २७, १९, १३, १६, २२, १६, ३८, ७०, ११४, १२१, १६५, १८३,२०६ हुँदै २१३ मा पुगेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);