टेलिभिजन स्टेशनमा बन्दुकधारीको आक्रमण, २ जनाको मृत्यु, २० घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित शम्शद टेलिभिजन स्टेशनमा बन्दुकधारीहरुले आक्रमण गर्दा हमलाकारी सहित दुई जनाको ज्यान गएको बताइएको छ। अफगानिस्तानको विशेष सुरक्षा फौजले आक्रमण रोकेपछि शम्शद टेलिभिजनले आफ्नो प्रसारण केही बेरमै सुरु गरेको छ।

आक्रमणका क्रममा एक सुरक्षा गार्डको ज्यान गएको पुष्टि भएको छ भने घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ। इस्लामिक स्टेट लडाकू समूह, आईएस, ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। हालैका महिनामा अफगानिस्तानको राजधानी काबुल तालेवान र इस्लामिक स्टेट लडाकू समूहको निशानामा बारम्बार परिरहेको छ।

शम्शद टिभीका समाचार निर्देशक अबिद एहशासले तोलो न्यूज टेलिभिजन च्यानलसँग भने, ‘यो मिडियाको स्वतन्त्रतामाथिको आक्रमण हो, तर उनीहरुले हामीलाई चुप गराउन सक्दैनन्।’ उक्त टेलिभिजन परिसर प्रवेश गर्न विशेष फौजले सो टेलिभिजन च्यानललाई घेरेको पक्की पर्खाल विस्फोट गरी भत्काउनु परेको थियो।

शम्शद टिभीले समाचार र समसामयिक गतिविधि लगायत विभिन्न प्रकारका कार्यक्रमहरु स्थानीय पस्तो भाषामा प्रसारण गर्दछ। यो मिडियाको स्वतन्त्रतामाथिको आक्रमण हो, तर उनीहरुले हामीलाई चुप गराउन सक्दैनन् अबिद एहशास, शम्शद टिभीका समाचार निर्देशक सो टिभी बीबीसीको एक साझेदार टिभी स्टेशन पनि हो।

उक्त टिभी च्यानलका एक संवाददाताले बीबीसीसँग भने, मेरा केही सहकर्मीहरु मारिएका छन् र केही घाइते भएका छन्। पत्रकार तथा संचारकर्मीहरुका लागि अफगानिस्तान विश्वमै सबैभन्दा खतरनाक देशमध्ये एक मानिन्छ। सन् २०१७ को पहिलो ६ महिनामा पत्रकारहरुका विरुद्ध भएका हिंसात्मक घटनामा वृद्भि भएको छ।

स्थानीय पर्वेक्षक संस्था दि अफगान जर्नलिट्स सेफ्टी कमिटीले ७३ वटा त्यस्ता घटनाहरु बारे विवरण संकलन गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो। गत मे महिनामा एक विशाल आत्मघाती विस्फोटमा १५० जना भन्दा बढी मारिएका थिए र तीमध्ये एक बीबीसीका चालक पनि थिए। बीबीसी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);