दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, उत्तर कोरियाबारे छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एजेन्सी, २१ कार्तिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुगेका छन्। एसियाली राष्ट्रको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्प मंगलबार दक्षिण कोरिया पुगेका हुन्।

भ्रमण तालिका अनुसार उनले वर्तमान कोरियाली राष्ट्रपति मुन जेइ–इनसँग सियोलमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, कोरियामा रहेको अमेरिकी सैनिकको टोली र कुटनीतिक नियोगका अधिकारीहरूसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
दक्षिण कोरियामा उनी एक दिन मात्र बस्ने छन्। यस भ्रमणमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच रहेको व्यापार सम्झौता तथा आपसी सम्बन्धहरूको बारेमा छलफल हुने बताइएको छ।

राष्ट्रपति ट्रम्पको उत्तर कोरियासँग आएको तनाबका बारेमा समेत कुराकानी हुने अनुमान बताइएको छ तर उत्तर कोरियाका बारेमा भने अहिलेसम्म केही नबोलेको समाचार एजेन्सीहरुले बताएका छन्।

ट्रम्पले यसपाली पाँचवटा एशियाली मुलुकहरूको भ्रमण गर्ने क्रार्यक्रम रहेको छ। कोरियाबाट उनी चीन, भियतनाम र फिलिपिन्स जाने कार्यतालिका रहेको बीबीसीले लेखेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);