फोटोग्राफरको व्यवसायीक क्षमता अभिवृद्धि गर्न तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फोटोग्राफरको व्यवसायीक क्षमता अभिवृद्धि गर्न तालिम

दाङ । जिल्ला फोटोग्राफर एशोसियसन दाङको आयोजना र फोटो पसलको सहकार्यमा एक दिने फोटोग्राफी तालिम संचालन भएको छ । व्यवसायीक फोटोग्राफरहरूको क्षमता अभिवृद्धिमा योगदान एवं व्यवसायको व्यवसायिकता विकासकालागि भन्दै आयोजना गरिएको सो कार्यक्रममा वरिष्ठ फोटोग्राफर योगेन्द्र जंङ्ग बस्नेत मुख्य प्रशिक्षक थिए ।

नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक वसन्त जोशीका अनुसार तालिममा दाङ जिल्लाभरका ५० जना व्यावसायिक फोटोग्रफरहरूले सहभागिता जनाए ।

कार्यक्रमबाट फोटोग्राफरले स्टुडियो लाईटिङ्ग, कप्पल फोटो सुटमा ठुलो ज्ञान मिलेको हुनाले दंङ्गालि फोटोग्राफ हौसिएको कार्यक्रम संयोजक दुर्गा प्रसाद चौधरिले बताए । उनले आगामी दिनमा फोटो पसलको सहकार्यमा एक हप्ते कक्षा समेत दिन पहल गर्ने बताए ।

कार्यक्रममार्फत विश्व फोटोग्राफि दिवसमा आयोजित कप्पल पोट्रड फोटो अवार्ड २०२१ मा सहभागी जिल्लाका उत्कृष्ट एवं सर्वोकृष्ठ फोटोग्राफरलाई सम्मान प्रमाणपत्र समेत प्रदान गरिएको थियो । उक्त सम्मान पत्र फोटो पसलका प्रवन्ध निर्देशक बिक्रम न्यौपाने एवं दाङ्गका वरिष्ठ फोटोग्राफर मधुसुदन जोशिले प्रदान गरे ।

फोटोग्राफीमा धार परिवर्तनको कुरा उठाइरहेको फोटोपसलले यसअघि पनि विभिन्न कार्यक्रम गरेको थियो । नियमित रुपमा फोटोग्राफरसँग सहकार्य तथा अन्र्तक्रियामा रहेको फोटोपसलले व्यवसायीक उत्थानको लागि कार्यक्रम गर्दै जाने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);