एउटा वास्तविक्ता जसले जिवन जिउन सिकाउछ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एजेन्सी । तपाईलाई कसैले हात खुट्टा जन्मजात नै नभएको भनेर सोध्यो भने के जवाफ दिनुहुन्छ । हामीलाई लाग्ने गर्छ मानिस कसरी जीवन निर्वाह गर्छन् जब उसँग हात र खुट्टा हुँदैन । झट्ट सोच्नुहोस् त, हेपाइको जिन्दगी बाच्न पर्ने, न त हेर चाह गर्ने कोही न त बोल्दिने कोही । दुई कदम चाल्न पनि अरुको नै सहयोग चाहिन्छ । यस्तै नकरात्मक कुराहरुको प्रलय आउनसक्छ यो प्रश्नको जवाफ दिन खोज्दा ।

तर एक पटक यी व्यक्तिलाई हेरौँ । यी इन्डोनेसीयाका प्रख्यात फोटोग्राफर अच्माद जुल्कनाइन हुन् जसले कैयौँ विश्व स्तरिय फोटो खिचीसकेका छन् । जन्मजात नै हात खुट्टा बिहीन जन्मिएका उनले कैयौँ इन्डोनेसियन नायक नायिकाका समेत फोटो खिचीसकेका छन् ।

उनी भन्छन् मानिससँग दृढ इच्छा छ भने आखिर सफलतालाई अवश्य चुम्छ । सामान्य परिवारमा जन्मेका अच्माद केही समय पहिले इन्टरनेट क्याफेमा काम गर्दथे जहाँ फोटोग्राफीको सेवा समेत दिइने गरिन्थ्यो । उनलाई त्यस्तै फोटोग्राफर बन्ने रहर जाग्यो उनले आफु न त अपाङ्गताको बारेमा सोचे न त आर्थिक स्थिती । आखिर क्यामार अदारोमा भएपनि किनी छाडे ।

आफै नेट, साथीभाई मार्फत सिकीराखे जबसम्म उनले एक फोटोग्राफरको उपमा पाएनन् । बिस्तारै उनीबाट मानिसहरुले सेवा लिन थाले त्यसपछि उनको चर्चाले परै इन्डानेसियन मिडीयामा उनको माग बढ्दै गयो । उनको क्यामाराप्रतीको लगाबले अहिले विश्वलाई समेत चकित तुल्याउँदैछन् ।

उनी आफ्नो मुख र छालाका सहायताले क्यामारा चलाउँछन् र निकै स्तरिय तस्बिर उतार्छन् । नयाँ फोटोग्राफर देखि दिग्गजसमेत आफुसँग सिक्न आउदा खुशी लाग्ने बताउँछन् उनी ।

लाखौँ संघर्ष गरेपछि आफुले सफलता हासिल गरेको उनी बताउँछन् । एक सामान्य अपाङ्ग व्यक्तिबाट प्रख्यात फोटोग्राफरसम्मको उनको यात्रा कठिन रह्यो तर आशाका किरण पहिलाउँदै जाने क्रममा उनी सफल भए ।

उनी भन्छन् कोही मानिसमा जन्मजात नै पुर्णता हुँदैन आफैले निखार्नु पर्छ । अपाङ्गता भएका व्यक्तिलाई उनी सुझाव दिन्छन् आफ्नो आशायपनलाई कम्जोरी नठान्नुहोस् , पुर्ण लक्ष्य लिएर यात्रा तय गर्नुहोस् तपाई साच्चै सफल हुनुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);