विकास बोर्डले कलाकारको अभिनय क्षमता बढाउन सुरु गर्‍यो यस्तो काम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विकास बोर्डले कलाकारको अभिनय क्षमता बढाउन सुरु गर्‍यो यस्तो काम

screen

काठमाडौं,१३ पुस । चलचित्र विकास बोर्डले भारतको पुनेमा आयोजना हुन लागेको ‘स्क्रीन अभिनय सम्बन्धी फाउन्डेशन कोर्ष’का लागि नायक तथा नायिकाहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ ।

भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा २० दिनसम्म यो कोर्सको तालिम चल्नेछ । तालिममा सहभागी हुन चाहनेहरुले भारतीय दूतावासबाट निर्धारित गरिएको दरखास्त फारमको साथ एकप्रति फोटो, शैक्षिक योग्यताको प्रतिलिपी, अभिनय सम्बन्धी अनुभवका कागजातहरु सहित जनवरी ३ सम्म बोर्डमा नाम दर्ता गर्न सक्नेछन् ।

तालिम हिन्दी र अंग्रेजी भाषामा हुने बोर्डले जनाएको छ । भारतीय फिल्म और टेलिभिनज संस्थानमा यो तालिमको आयोजना गरिएको हो ।चलचित्र विकास बोर्डमा निकिता पौडेल अध्यक्ष पदमा नियुक्त भएसँगै उनले कलाकारको अभिनय क्षमता वृद्धिका लागि यो कदम चालेकी हुन् ।

निकिताको नियुक्ती भएसँगै चर्को आलोचना भएपनि उनको कामले ती आलोचनाको जवाफ दिने संकेत दिएकी छिन् । आशा गरौ बोर्ड अध्यक्षले चलचित्र क्षेत्रको विकास र चलचित्रकर्मीको हितका लागि अन्य थुप्रै काम गर्नेछिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);