एनभिए क्लब भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिसलाई पराजित गर्दै आर्मी तेस्रो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

एनभिए क्लब भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिसलाई पराजित गर्दै आर्मी तेस्रो

काठमाडौं । छैठौं एनभिए क्लब भलिबल च्याम्पियनसिप महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । सेमिफाइनलमा विभागीय टोली एपिएफसँग पराजित हुँदै फाइनल पुग्न नसकेको आर्मीले नेपाल पुलिस क्वबलाई पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार बिहान भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–२०, दोस्रो सेटमा २५–१७ तथा तेस्रो सेट पनि २५–१७ ले नै आर्मीले पुलिसलाई पराजित गरेको छ ।

साविक विजेता न्यू डायमन्डसँग सेमिफाइनलमा पराजित हुँदै तेस्रो स्थानमा प्रतिस्पर्धाको मौका पाएको पुलिस साविक उपविजेता हो । महिलातर्फको फाइनलमा साविक विजेता न्यू डायमन्ड र विभागीय टोली एपिएफ क्लब आज दिउँसो १ बजे भिड्दै छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान चार लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले दुई लाख र तेश्रोले एक लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);