काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा गोली चल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, १५ कात्तिक । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा केहीबेर अघि गोली चलेको छ । गोली चलाउने ३ जना भारतीय नागरिक भएको प्रहरीले पुष्टि गरेको छ । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।  गोली कसैलाई पनि  लागेको छैन ।

उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरु भारत पञ्जावका भएकाे प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई कमलपोखरी वृत्तमा राखेर बयान लिएको छ ।

उनीहरु कुन प्रयोजनले नेपालमा हतियार बोकेर आएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालमा कसैको हत्याको योजनासहित आएको हुन सक्ने प्रहरीले प्रारम्भिक आशंका गरेको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);