बाराका प्रधानाध्यापक रुपेशको हत्याका प्रमुख योजनाकार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बाराका प्रधानाध्यापक रुपेशको हत्याका प्रमुख योजनाकार पक्राउ

जनकपुरधाम,११ पुस । बाराको बाल एकता बोर्डिङ स्कुलका प्रधानध्यापक रुपेश स्वर्णकारको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई देखेर भाग्न खोजेको रुपेशको हत्याका प्रमुख योजनाकार भारतीय नागरिक सुजित सिंहलाई गोली हानेर पक्राउ गरेको हो ।

पक्राउ परेका सिंह भारत बिहारको मोतिहारी जिल्ला चोडादारका बासिन्दा हुन् । दुवै गोली लागेर घाइते भएका सिंहको कलैयामा क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत कार्तिक १३ गते प्रधानाध्यापक स्वर्णकारको गोली हानी हत्या भएको थियो । तीन दिनपछि प्रहरीले पाँच जनालाई पक्राउ गरी घटना सार्वजनिक गर्दा सिंह भने फरार थिए ।

सिंहसहित ४ जनाको समुह नेपाल आएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पछ्याएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);