निर्वाचनको मुखमा नेता ढुंगेल पक्राउ गर्नु षड्यन्त्र : प्रवक्ता भुषाल | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

काठमाण्डौँ, १४ कार्तिक । माओवादीका पूर्व सांसद बालकृष्ण ढुंगेल पक्राउ परेपछि माओवादी केन्द्रले यसलाई षड्यन्त्रको संज्ञा दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका माओवादीका पूर्व सांसद बालकृष्ण ढुंगेल मंगलबार बिहान ११ बजे ललितपुर सातदोबाटोबाट पक्राउ परेका हुन् ।
जनयुद्धका मुद्दालाई लिएर निर्वाचनको मुखमा पार्टी नेतालाई पक्राउ गर्नु विस्तृत शान्तिसम्झौता विपरित भएको बताएकी छिन् ।

भुसालले द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनेको सत्य निरुपण तथा मेलमिलाप आगोग क्रियाशिल रहेकै बेला ढुंगेललाई पक्राउ गर्नु षडयन्त्र भएको बताइन् ।

सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल लामो समयदेखि फरार थिए । माओवादीले द्वन्द्वकालीन मुद्दा भएको भन्दै ढुंगेलको बचाउ गर्दै आएको थियो ।