काठमाडाैं । देशको राजनीति दिनानुदिन अस्थिर बन्दै गैरहेको छ । पछिल्लो निर्वाचनबाट देशको ठुलो पार्टी बनेको नेकपा एमाले अहिले छिन्नभिन्न भएको छ ।
नेकपा एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा अर्को पार्टी नेकपा एकिकृत समाजवादी बनेको छ । माधव कुमार नेतृत्वको नेकपा एस ले आफ्ना राजनैतिक गतिविधि अगाडि बढाएको छ ।
नेकपा एमाले फुटेकै कारण बाग्मती प्रदेश र प्रदेश नं १ को सरकार पुर्न अल्पमतमा परेको छ । नेकपा एमालेको फुट समग्र देश भर यसको पराकम्पन देखिदैछ । यसले कुन अवस्थमा गएर स्थिर होला भन्ने अहिल्यै आंकलन गर्न सकिने अवस्था छैन ।
जनताले सबैभन्दा ठूलो पार्टी बनाएर सरकार संचालन गर्ने जिम्मेवारीबाट एमाले विफल भएको छ । नेताहरुले जतिसुकै ठूला र आर्दशका कुरा गरेपनि दुबै दलका नेताहरुको भविष्य चुनौतीपूर्ण छ ।
नेकपा एकिकृत समाजवादी पार्टीको आगामी कार्यदिशा के हुन्छ भन्ने विषयमा केन्द्रित रहेर नेकपा एकिकृत समाजवादीका नेता डा. वेदुराम भुसालसँग माउन्टे टेलिभिजनका लागि मञ्जु कार्कीको कुराकानी : भिडियो हेर्नुहोस् ।




