नेपाली यू १९ टोली कीर्गिस्तान प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

काठमाडौँ, १२ कार्तिक । एएफसी यू १९ च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगितामा सहभागी हुन नेपाली युवा फुटबल टोली आज कीर्गिस्तान प्रस्थान गरेको छ ।

कार्तिक १४ गतेदेखि सञ्चालन हुने भनिएको उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोली आज कीर्गिस्तानमा प्रस्थान गरेको हो ।

छनोट खेलमा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा आयोजक कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स ९युएइ० र बहराइन छन् । नेपालले मंगलबार कीर्गिस्तानको सामना गर्दै प्रतियोगिताको उदघाट्न गर्नेछ ।

त्यसैगरी, नेपालले आप्mनो दोस्रो खेल कात्तिक १६ गते बहराइनसँग, तेस्रो खेल कात्तिक १८ गते युएइसँग र चौथो तथा छनोट चरणको अन्तिम खेल कात्तिक २२ गते ओमानसँग खेल्नेछ ।

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

नेपाली टोली
अर्पण कार्की (कप्तान)
प्रिजन तामाङ (उपकप्तान)
अभिशेक बराल
विश्व उदास
विकास खवास
राजन गुरुङ
सुमन अर्याल
निराजन महर्जन
रोमन लिम्बु
अशोक थापा
दिनेश हेन्जन
अभिशेक रिजाल
अनिल महर्जन
सेसेहाङ आङदेम्बे
आकाश श्रेस्ठ
एरिक विष्ट
रेजीन सुब्बा
धिराज श्रेष्ठ
सुरज ठकुरी
राजेश परियार
मनिष थापा
सोजित गुरुङ
छिरिङ लोप्सङ (मुख्य प्रशिक्षक)
पुस्कर शाह (प्रशिक्षक)
मृगेन्द्र मिश्र (गोलकिपर प्रशिक्षक)
गणेश बहादुर चन्द (व्यवस्थापक)