निर्वाचन आयोग जाने पूर्व तयारीका लागि नेकपा (एकिकृत समाजवादीका) नेता चन्द्रागिरीमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

निर्वाचन आयोग जाने पूर्व तयारीका लागि नेकपा (एकिकृत समाजवादीका) नेता चन्द्रागिरीमा

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकिकृत समाजवादी) का नेताहरु दल दर्ताको सनाखतको लागि निर्वाचन आयोग जाने पूर्व तयारीका लागि भन्दै चन्द्रागिरी पुगेका छन् ।

बुधबार निर्वाचन आयोगले नेकपा (एकिकृत समाजवादी) लाई सनाखतको लागि निर्वाचन आयोग बोलाएको छ । आफ्नो दलबल सहित सनाखतको लागि निर्वाचन आयोगमा जाने पुर्व तयारीका लागि नेपाल २६ सासंद ६० जना केन्द्रिय सदस्य सहित बस्ने गरी चन्द्रागिरी रिर्सोटमा पुगेका स्रोतले बतायो ।

ओलीले सांसद फकाउने डरले पनि सबै एकै ठाउँमा रहने गरी व्यवस्था मिलाइएको एक नेताले बताए । रिर्सोटबाट निर्वाचन आयोग सिधै जाने गरी तयारी गरिएको छ ।

तेस्रो धार बनाएका नेताहरूले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर पार्टीमै रहने सहमति गरेका छन् । ४ भदौमा भएको भेलामा आफूहरूसित केन्द्रीय सदस्य र सांसद गरि ५७ जना आएको एकतापक्षधरहरूको दावी छ । उनीहरू आजको स्थायी कमिटीमा पनि सहभागी हुने भएका छन् ।

Leave a Reply