१४ सांसदमाथिको कारबाही फिर्ता लिन ओली सहमत, भाेलि स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

१४ सांसदमाथिको कारबाही फिर्ता लिन ओली सहमत, भाेलि स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भएका छन् ।

ओली निवास बालकोटमा सोमबार भएको छलफलमा नेपालसहित १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन अध्यक्ष ओली सहमत भएको नेता याेगेश भट्टराईले जानकारी दिए ।

लामो समय नेपाल समूहमा रहेका र पार्टी विभाजनको विपक्षमा रहेका भीम रावलसहितका नेताहरुसँग भएको छलफलमा ओली १४ जना सांसदमाथिको कारबाही फिर्ता लिने र पार्टी एकताको वातावरण बनाउन सहमत भएको उनकाे भनाइ छ ।

यस विषयमा छलफल गरेर निर्णय गर्न भोलि मंगलबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

भाेलिकाे स्थायी समिति बैठकमा रावलसहितका नेताहरु सहभागी हुने बताइएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);