निर्वाचन सम्बन्धी अनर्गल प्रचारवाजी नगर्न आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

निर्वाचन सम्बन्धी अनर्गल प्रचारवाजी नगर्न आयोगको आग्रह

nirbachan aayog

काठमाडौं, १० कात्तिक । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यावदले अत्यन्तै संकट र संवेदनशील अवस्थामा रहेको निर्वाचन आयोगका बारेमा अर्नगल प्रचारवाजी नगर्न सबैलाई आग्रह गरेका छन् ।

आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गराउने सवालमा आयोग सचेत रहेको भन्दै उनले निर्वाचनलाई अनिश्चितता तर्फ धकेल्ने किसिमका प्रचारवाजी नगर्न आग्रह गरेका छन् ।

निर्वाचन सुरक्षा सम्बन्धी सुरक्षा निकायका पदाधिकारीसंग शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यावदले निर्वाचन सम्बन्धमा देखिएको अनिश्चिततालाई निश्चिततामा बदल्ने अभियानमा आयोग कटिबद्ध रहेको बताए ।

व्यवस्थापकिय र प्राविधिक दृष्टिले ज्यादै जटिल परिस्थितिमा रहँदा रहँदै पनि आयोगले मुलुकको आवश्यकता राजनीतिक दल र नागरिकको चाहाना अनुसार निर्वाचन गराउने अभियानमा जुटेको भन्दै उनले त्यस कार्यमा राष्ट्रिय सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।

निर्वाचनमाथि शंका नगर्न आग्रह
मत पत्र छपाई लगायतका कारणले निर्वाचनमा देखिएको अन्यौलता निर्वाचन आयोगको आफ्नै व्यवस्थापकिय कमजोरीका कारण भएको टिप्पणी राजनीतिक दलहरुबाटै हुँदै आएको छ ।

पछिल्ला केही दिनमा यिनै विषयमा आएका समाचार र टिप्पणीप्रति लक्षित गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमाथि शंका नगर्न आग्रह गरे । उनले निर्वाचनन आयोगको आलोचना गर्ने तथा निर्वाचनको वातावरण अस्थिर बनाउने काम नगर्न पनि अपिल गरे ।

निर्वाचनको समयमा राजनीतिक दलहरुले राज्यका संयन्त्र र निकाय तथा तीनका अधिकारीलाई आफु अनुकुल प्रयोग गर्न खोज्ने भएकाले सर्तक रहन सुरक्षा निकायका पदाधिकारीलाई सचेत गराए ।

निर्वाचन आचारसंहिता भित्र बसी सबै दल र उम्मेदवारले समान ढंगले प्रचार प्रसार गर्न पाउने अधिकार सुरक्षित गर्दै शान्ति सुरक्षा पुर्वक निर्वाचन सम्पन्न गराउनुमा सुरक्षा निकायको ठुलो भुमिका रहेको भन्दै प्रमुख आयुक्त यादवले निष्पक्ष भुमिका र सहयोगको अपेक्षा आयोगले गरेको उल्लेख गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);