राजनीतिक कारणले प्राधिकारणको प्रमुख भएको होइन : भुसाल | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

काठमाडौं, ८ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारले राजनीतिक आस्थाको आधारमा आफूलाई प्राधिकरणको नेतृत्वको जिम्मेवारी नदिएको दावी गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत भुसालले व्यक्तिगत नातासम्बन्धलाई आधार बनाएर प्राधिकरणको नेतृत्वमा पुगेको भन्ने समाचार सम्प्रेषण भईरहेको प्रति गुनासो गरे । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्धी भएकै कारण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाइएको भन्ने समाचार सम्पेषण भएकोमा उनको आपत्ति छ ।

बुधबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफू कुनै दलमा नरहेको दावी गरे । प्रमुख कार्यकारी अधिकृत भुसालले राजनीतिक हस्तक्षेपकै कारण पुनर्निर्माणको कामले गति लिन नसकेको तर्क पेश गरे ।

उनले राजनीतिक आस्थाका आधारमा प्राधिकरणको नेतृत्व परिवर्तन भईरहँदा पुनर्निर्माणको कामले तीव्रता नपाएको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);