इराक अपडट : आगलागीका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

इराक अपडट : आगलागीका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

एजेन्सी । इराकको एक अस्पतालको काभिडा वार्डमा भएको आगलागीका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । इराकको दक्षिणी शहर नासिरियामा रहेको अल हुशेन अस्पतालको कोभिड अस्पतालमा आगलागी हुँदा ६० जनाको मृत्यु भएको हो ।

आगलागीको कारण स्पष्ट नभएपनि अक्सिजन ट्यांक विस्फोटबाट आगलागी सुरु भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । आगलागीमा ७० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सोमबार बिहानदेखि लागेको आगो राति अबेर मात्रे नियन्त्रणमा आएको बताइएको छ । दुर्घटना मृत्यु तथा घाइते भएकाहरुको क्रोधित परिवारले अस्पताल बाहिर विरोध प्रदर्शन गरेका छन् भने इराकका राष्ट्रपति मुस्तफा अल कादीमीले अस्पतालका अध्यक्षलाई पक्राउ गर्न निर्देशन पनि दिएका छन् ।

Leave a Reply

ताजा समाचार