दक्षिण कोरियामा न्यूनतम तलबमा वृद्धि, नेपाली कामदारले मासिक दुई लाख रुपैँया पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दक्षिण कोरियामा न्यूनतम तलबमा वृद्धि, नेपाली कामदारले मासिक दुई लाख रुपैँया पाउने

एजेन्सी । दक्षिण कोरियामा कामदारको न्यूनतम तलबमा वृद्धि गरिएको छ ।

सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले कामदारहरुले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १ सय ६० कोरियन वन कायम गरेको हो । यो निर्णय सन् २०२२ देखि लागू हुने छ ।

हाल कोरियामा कामदारहरुले न्यूनतम ज्याला आठ हजार ७ सय २० कोरियन वन पाईरहेका छन् । यस निर्णयअनुसार हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४ सय ४० वन पुग्नेछ । यो रकम झण्डै नेपाली दुई लाख रुपैँया बराबरको हुन आउँछ ।

यो व्यवस्था अनुसार कोरियामा काम गरिरहेको नेपाली कामदार लगायत अन्य मुलुकका कामदारले पनि मासिक दुई लाख रुपैँया पारिश्रमिक पाउने छन् ।

सोमबार बसेको न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा नौ सदस्य रहेका थिए ।

समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ । सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);