राष्ट्रपतिद्वारा पारिश्रमिक बढाउन नसकिएको भन्दै क्षमा याचना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रपतिद्वारा पारिश्रमिक बढाउन नसकिएको भन्दै क्षमा याचना

KOREA

एजेन्सी, ३० असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले न्यूनतम पारिश्रमिक बढाउने आफ्नो बाचा पूरा गर्न नसकेको भन्दै सार्वजनिक रुपमा क्षमा मागेका छन् ।

राष्ट्रपति मुनले सन्देश जारी गर्दै यसअघि आफ्नो कार्यकालमा न्यूनतम पारिश्रमिक १० हजार वन प्रतिघण्टा पु¥याउने आफ्नो बाचा पूरा गर्न असमर्थ रहेको भन्दै क्षमा मागेका हुन् । नीति निर्माणसम्बन्धी सेना प्रमुख किम साङ जोमार्फत सार्वजनिक गरिएको सन्देशमा राष्ट्रपति मुनले राष्ट्रपतिका हैसियतमा आफुलाई निकै अफसोस लागेको बताएका छन् । गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को बर्षदेखि लागु हुनेगरी २ दशमलव ९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५ सय ९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत बर्ष १० दशमलव ९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । यस बर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशक मा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पु¥याउने लक्ष्यसहितको नीति असफल भएको हो । राष्ट्रपति मुनको पाँच बर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ । मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगले कठीन निर्णय लिएको टिप्पणी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);