६० दिनभित्र सम्पति विवरण बुझाउन निजामती कर्मचारीलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

६० दिनभित्र सम्पति विवरण बुझाउन निजामती कर्मचारीलाई निर्देशन

काठमाडाैं । राष्ट्रिय किताबखाना निजामतीले सम्पूर्ण निजामती कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन ताकेता गरेको छ । मंगलबार एक सूचना जारी गर्दै किताबखानाले २०७७/७८ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।

बहालवाला र चालु आर्थिक वर्षमा सेवा निवृत्त दुवै कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्ने किताबखानाले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क)को उपदफा (१) र निजामती सेवा नियमावली, २०५० को नियम ११८(१) बमाजिम प्रत्येक निमामती कर्मचारी र यस आर्थिक वर्षमा निवृत्त भएका कर्मचारलाई आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पति बुझाउन कितावखानाले सूचनामार्फत अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);