मन्त्री र सचिवबीच पानी बाराबार ! | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

काठमाडौँ, ७ कार्तिक । कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो । तर, राजनीति गर्नेहरुले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन्।

पछिल्लो समयमा मन्त्रीलाई सचिवस्तरका कर्मचारीले अटेर गर्ने गरेको पाइएको छ । मुख्यत विभिन्न मन्त्रालयका मन्त्री र सचिवबीच समन्वय हुन नसक्दा कतिपय काम अन्योलमा पर्ने गरेका छन् । मन्त्रालयका महत्वपूर्ण फाइलहरु पनि त्यत्तिकै अड्किएका छन्। आजको नेपाल समाचारपत्रमा खबर छ।

स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीच अधिकांश समय मन्त्रीपिच्छे पानी बाराबारसम्मको स्थिति सृजना हुने गरेको छ । एक हप्ताअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट विनाविभागीय बनेका मन्त्री गिरीराजमणी पोखरेल ले आफ्नो ८० दिने प्रगती विवरण सुनाउँदै भने,

– मलाई मन्त्रालयका सचिव किरण रेग्मीबाट पछिल्लो दिनमा निकै असहयोग भयो।
– असहयोग गर्नेलाई पनि सहयोग गरिरहन्छु।
– मन्त्रालयमा धर्ना, जुलुस आउँदा समेत रेग्मी चुप लागेर बस्नुभयो।
– उहाँको काम त वार्ता समिति बनाएर समस्या समाधानका लागि पहलकदमीको भूमिका निर्वाह गर्ने हो।