स्वास्थमन्त्रीको राजीनाले आफु दुखी भएको प्रधानमन्त्री बोरिस जोनसनको प्रतिकृया | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

स्वास्थमन्त्रीको राजीनाले आफु दुखी भएको प्रधानमन्त्री बोरिस जोनसनको प्रतिकृया

एजेन्सी । ब्रिटेनमा सामाजिक दूरीको नियमतोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको विषयविवादमा परेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले स्वास्थमन्त्रीको राजीनामा पत्रपाएर आफू दुःखी भएको उनले बताएका छन् ।

पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको जनाएको छ। तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीनकोले ड्यानजेलो बीचको चुम्बनको तस्बिर एक पत्रिकाले छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो। उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालय भित्र ६ मेमा लिइएको जनाएको छ ।

कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन्। ट्विटरमा प्रेषित एक भिडिओमा राजीनामा दिएका ह्यानकले आफू स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको बताएका छन् ।

Leave a Reply

ताजा समाचार