बाँके । बाँकेको राप्ती नदीमा शुक्रबार बाढीको कृत्रिम घटनाको अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, शसस्त्र प्रहरी , नेपाल प्रहरी , रेडक्रसको सहभागितामा राप्ती नदीको सिधनियाघाटमा बाढीको कृत्रिम घटनाको अभ्यास गरिएको हो ।
राप्ती नदीले बर्षेनी जिल्लाको तटिय क्षेत्रमा डुबान र कटान गर्ने गर्दछ । नेपाली सेना , शसस्त्र प्रहरी , नेपाल प्रहरीले डुबान पीडितको उद्वार अभ्यास गरेका थिए भने डुबानमा परेका केही व्यक्तीहरुको उद्वार समेत गरिएको थियो ।
बाढी आउँदा खोज र उद्वार कार्यलाई कसरी गर्न सकिन्छ भनेर कृत्रिम घटनाको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।