एजेन्सी । संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः एन्टोनियो गुटेरस चयन भएको छ । पदमा रहँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुटेरसलाई राष्ट्रसंघको महासभामा १ सय ९३ सदस्यले समर्थन गरेपछि उहाँको दोश्रो कार्यकालका लागि चयन भएको हो ।
पोर्चुगलका गुर्टेरसले १ जनवरी २०१७ देखि महासचिव रहँदै आउनुभएको थियो । उहाँको कार्यकाल ३१ डिसेम्बर २०२२ मा सकिदै छ । त्यस अगावै उहाँ दोस्रो कार्यकालको लागि चयन भएको हो । उाको दोस्रो कार्यकाल भने आगामी जनावरी १ बाट सुरु हुनेछ । दोस्रो कार्याकालका लागि मनोनयन भएपछि गुर्टेरसले ट्विट गर्दै सबैलाई धन्यवाद समेत दिएको छ ।




