सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ६ अर्ब ५४ करोड ६६ लाखको बजेट ल्याएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा सामाजिक मन्त्री गोपाल शर्माले आज प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा पुँजीगत खर्चतर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ लाख र चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुटाइएको छ । साथै वित्तीय व्यवस्थापन तर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।