कोटेश्वर – जडीबुटी सडक खण्डको निर्माण यस आर्थिक वर्षमा सम्पन्न नहुने | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

कोटेश्वर – जडीबुटी सडक खण्डको निर्माण यस आर्थिक वर्षमा सम्पन्न नहुने

काठमाडौं । कोटेश्वर – जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्पन्न हुन नसक्ने भएको छ । सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो ।

यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो । टुन्डी सुसन जेभी निर्माण कम्पनीेले ७ करोड रुपैयाँमा २०७८ सालको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो ।

हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख ई. कुवेर नेपालीले बताए । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनको भनाई छ ।

मौसम राम्रो भएमा यसै आर्थिक वर्ष भित्रमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिने तर्फको विस्तारीत ३ लेन बराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रे तर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानुनी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने प्रमुख नेपालीले बताए ।

Leave a Reply