काठमाडौं । नेपाली बजारमा बिहिबार सुनकाे मूल्य ७०० रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनकाे मूल्य ७०० रुपैयाँले बढेर ९४ हजार २ सयमा कारोबार भएको छ । यसअघि बुधबार सार्वजनिक विदाका कारण सुजकाे मूल्य यथावत रहेर मंगलबारकै मूल्य अनुसार ९३ हजार ५ सयमा कारोबार गरिएको थियो ।
त्यस्तै चाँदीको मूल्य नेपाली बजारमा आज स्थिर छ । चाँदीको मूल्यमा एक हजार ३ सय ५० मा कारोबार भएको छ ।




