काठमाडौं, १ कात्तिक । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी चुनावमा एमालेले जित्ने डरका कारण सत्तारुढदल नेपाली कांग्रेसले चुनाव टार्ने प्रयत्न गरेको आरोप लगाएका छन् ।
बुधवार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले सरकारको नेतृत्व गरेको कांग्रेसले चुनाव सार्ने निहुँ खोजी हिंडेको बताएका हुन् ।
नेता नेपालले चुनावको तयारी धमाधम भइरहेको बेलामा त्यसलाई प्रतिकूल असर पार्नैका लागि कांग्रेसले मन्त्रीपरिषद् विस्तार गरी ६४ सदस्यीय बनाएको समेत दाबी गरेका छन् ।
षड्यन्त्रपुर्ण ढगंले चुनाव सार्ने काम भइरहेको समेत उनले प्रष्ट्याएका छन् ।