चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

सुनसरी । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ९ बबियास्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले चोरीपैठारीको माछा तथा किराना सामानसहित रुपन्देही जिल्लाको देवदह नगरपालिका ६ बस्ने ३१ वर्षिय सन्तोष गैह्रेलाई पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपले को ५ प ५८०४ तथा को ४ प ७३२० नम्बरको मोटरसाईकल र लु २ च ७९२८ नम्बरको पिअकप गाडीमा राखी नेपालपतर्फ ल्याउँदै गरेको सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल तथा पिकअप गाडी समेत बरामद गरेको छ । उनलाई बरामद सामान तथा दुईवटै मोटरसाईकल र गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकल र गाडीको भन्सार मुल्य १४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले जेठ १० गते करीव ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाईछिपाई राखेको उक्त सामान सशस्त्र प्रहरीले सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित एक घरबाट बरामद गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);