कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु

पोखरा । आज कास्कीका ६ सहित गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु पुष्टि हुनेमा कास्की जिल्लाका ६ जना, स्याङ्गजा जिल्लाका ६ जना, म्याग्दी जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, गोरखा जिल्लाका १ जना र पर्वत जिल्लाका तीन रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५५ पुगेको निर्देशनालयले जनाएको छ।

पछिल्लो समय गण्डकी प्रदेशमा नियमित रूपमा मूत्यु हुनेको संख्या बढ्दै गएको छ भने शाव व्यवस्थापन गर्न गाह्रो भए पछि पोखरा महानगरपालिकाले फोहोर मैला उठाउने गाडीमा समेत शाव व्यवस्थापनको लगेको छ ।

केही समय अघि देखि गण्डकी प्रदेशमा लगातार मूत्यु भै रहेको छ जसमा अस्ती १६ जना , हिजो २३ जना र आज १४ जना रहेका छन् ।

Leave a Reply